चितवन विशेष

अक्टोबर इन्टेकमा सेन्ट्रल कलेजका ९८ प्रतिशत विद्यार्थीले पाए जापान जाने (प्रि–भिसा) सिओई

Banner

चितवन,भदौ १३-

जापानमा उच्च शिक्षा अध्ययनका लागि सेन्ट्रल कलेजबाट प्रोसेस गरेका ९८ प्रतिशत विद्यार्थीले (प्रि–भिसा) सिओर्ई प्राप्त गरेका छन । कलेजबाट भाषा कक्षा लिएर अक्टोबर इन्टेक–२०२५ का लागि प्रोसेस गरेका ९८ प्रतिशत विद्यार्थीले अध्ययनका लागि अनुमति सिओई प्राप्त गरेका हुन । बिगत डेढ दशकदेखि उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरुको चाहाना पूरा गर्दै आइरहेको कलेजले अक्टोबर इन्टेक २०२५ का लागि उत्कृष्ट नतिजा हासिल गरेको कलेजका प्रिसिन्पल यज्ञ विलास (वाइबी) पौडेलले बताउनुभयो । उहाँले यो नतिजाले थप उत्साहित बनाएको बताउनुभयो ।

इन्टेकहरुमा कलेजले सय प्रतिशत नतिजा ल्याउनेगरी काम गरिरहेको पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘जापानमा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीका लागि अप्रिल इन्टेक २०२६ का लागि नयाँ भर्ना र अन्तरवार्ता भइरहेको छ,भरतपुर ओरालोस्थित सेन्ट्रल टावरमा सम्पर्क गर्नुहोला ।’

उहाँले विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो । सिओर्ई प्राप्तपछि गर्नुपर्ने अन्य प्रकृयाका बारेमा विद्यार्थीलाई कलेजले जानकारी समेत दिइसकेको छ । सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरिसकेको छ ।

कलेजले जापानसँगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइइएलटिएस, पिटिइ, टोफल, अंग्रेजी, जापनिज र कोरियन भाषा कक्षा तथा होटल प्राविधिकसँगै कम्प्युटरका कक्षा सञ्चालन सँगै परामर्श र भिजा प्रोसेसिङका काम समेत गरिरहेको छ । विद्यार्थीका लागि भाषा कक्षा र बस सेवा सञ्चालन गरिरहेको कलेजले नारायणगढको ओरालोमा रहेको अत्याधुनिक सुविधासम्पन्न भवनबाट सेवा प्रदान गरिरहेको छ ।
सेन्ट्रल कलेजले चितवन, नवलपुर र तनहुँ जिल्लालाई आधार बनाएर विभिन्न संघसंस्था संग मिलेर सामाजिक काम गर्दै आइरहेको छ । यस्तै कलेजले खेलकुदका संघ र क्लबसंग मिलेर बिभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ भने लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण,ट्राफिक सचेतना र रक्तदानका कार्यक्रम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>