Breaking News
दुई लाख नजिक पुग्यो सुनको मूल्य
०

काठमाडौं, भदौ १२-
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि साउन २३ गते पनि यहीं मूल्यमा सुनको कारोबार भएको थियो । सुनको यो मूल्य नै उच्चतम हो ।
चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३४५ रुपैयाँ रहेको चाँदी आज २३५५ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























