चितवन विशेष
चितवनबाट सम्पर्कबिहिन भएका रिना र रोशनी काठमाडौंमा भेटिए

चितवन, भदौ ११-
चितवनबाट सम्पर्कबिहिन भएका दुई किशोरी काठमाडौंमा भेटिएका छन। भरतपुर महानरपालिका-१० बस्दै आएका १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी थापा मंगलबार बिहानदेखि सम्पर्कबिहिन भएका थिए । उनिहरु आज (बुधबार) साँझ काठमाडौंमा भेटिएको रोशनीकी फुपु तारा माकाजुले नारायणी अनलाइनलाई जानकारी दिनुभयो। दुवैजना दिदीबहिनी काठमाडौंको माछा पोखरीमा भेटिएका छन,उहाँले भन्नुभयो,म यही छु उनिहरुले अन्य कुरा भन्न चाहेनन् । रिना र रोशनी दिदीबहिनीका छोरी हुन् ।
तीजको दर खाने दिन खाना खाएर सँगै सुतेका रिना र रोशनी हिजो (मंगलबार) बिहान घरमा नभएको र उनीहरु बेपत्ता भएको खबर बिहान ५ बजे मात्रै परिवारले थाहा पाएको ताराले जानकारी दिइन् । रिनाले परिवार र आफन्त सबैको मोबाइल नम्बर ब्लक गरेकी थिइन भने नयाँ नम्बरबाट फोन गर्दा लागेपनि उठेको थिएन । अनि दोहोराएर फोन गर्दा नयाँ नम्बर पनि ब्लक गरेकी थिइन ।
जिल्ला प्रहरी कार्यालय चितवनले किशोरीहरु हराएको भन्ने उजुरी आएपछि खोजबिन सुरु गरेको थियो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ७ घर भएका उनीहरु दुवै चितवन बस्दै आएका थिए ।
























