गोरखा

जिरोबाट सुरु गर्ने भन्दै विदेश उडे गोरखाका वडाध्यक्ष

Banner

गोरखा, भदौ १-

गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् ।

उनले सामाजिक सन्जालमा इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाले विदेशिएको लेखेका छन् । ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एकपटक शून्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले लेखेका छन् ।

लामा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>