चितवन विशेष

सहनशिला बुहारी ग्रुप को आयोजनामा बृहत तीज गित प्रतियोगिताः सत्यनारायण टोल आमा समूह प्रथम

Banner

भरतपुर,भदौ ७-

सहनशिला बुहारी ग्रुपको आयोजनामा शनिवार सम्पन्न बृहत तीज गित प्रतियोगितामा सत्यनारायण टोल आमा समूह भरतपुर–२३ प्रथम भएको छ । भरतपुर महानगरपालिका–२२ घट्गाईस्थित अम्रेला स्ट्रिटमा आयोजना गरिएको खुल्ला तीज गित प्रतियोगितामा भरतपुर २२ को सृजनशिल आमा समूह दोस्रो र समझदारी महिला समूह भरतपुर–१३ तेस्रो भएका छन । यस्तै दिदी बहिनी समूह भरतपुर–१३ ले सान्त्वना स्थान हासिल गरेका छन ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ७ हजार र सान्त्वना हुनेले ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको सहनशिला बुहारी ग्रुपकी अध्यक्ष राधा भण्डारीले बताउनुभयो । विकृति, बिसंगती हटाएर लागौं सुशासनमा, मानव सेवा हाम्रो धर्म बसौं अनुसासनमा शिर्षकमा सहभागिले गीत गाएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको वडाध्यक्ष विष्णु महतोले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले संस्कार संस्कृति जोगाउँदै मनोरन्जन प्रदान गर्नका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले बुहारी ग्रुपले समाजमा पु¥याएको सकरात्मक प्रभावको खुलेर प्रशंसा गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन विपन्न समुदायका बालिकालाई स्टेशनरी सामाग्री र नगद प्रदान गरेर गरिएको थियो । अमरमावीमा कक्षा ८ मा अध्ययन गर्ने बालिका सुजिता घलेलाई सहयोग गरेर कार्यक्रमको उद्घाटन गरिएको उपाध्यक्ष सृजना घिमिरेले बताउनुभयो ।

प्रतियोगितामा उत्साहजनक सहभागिता भएको सचिव शिला कुवर अघिकारीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता प्रत्येक वर्ष थप भव्य हुँदै गइरहेको र वडाकै तीज उत्सवको रुपमा परिचित भइरहेको बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्वर २२ संरक्षक रहेको कार्यक्रममा इमेज इन्सिटिच्यूट प्रा.लि र पुस्पान्जली अस्पतालले सहकार्य गरेका थिए । सहनशिला बुहारी ग्रुपले चितवनमा थुप्रै सामाजिक काम गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>