Breaking News

विद्या भण्डारीले पार्टीमा समस्या ल्याउनुहोला भनेर कल्पना पनि गरिएको थिएनः अध्यक्ष ओली

Banner

काठमाडौं,भदौ ६-

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले विद्या भण्डारीले पार्टीभित्र समस्या ल्याउनुहोला भनेर कल्पना पनि नगरिएको बताएका छन् । आज पार्टी कार्यालय च्यासलमा ओलीले दुईदुई पटक राष्ट्रपती बनाएको व्यक्तिबाट यस्तो गतिविधि होला भनेर नसोचिएको बताएका हुन् । ‘राष्ट्रपति भइसकेको व्यक्ति फेरि कार्यकर्ता हुनुहोला भन्ने लागेको थिएन ’ ओलीले भने – ‘फेरि नेता हुने मन सुरुमै भन्नु पर्थ्यो । किन राष्ट्रपति हुन गएको होला ।’

उनले मदन भण्डारीको एक वर्ष पछिको जन्म जयन्ती गर्न भन्दै एक वर्ष अगाडी देखि नै कार्यालय खोजेर भित्र भित्र पार्टी विरुद्धका गतिविधि गरिएको समेत आरोप लगाएका छन् । ओलीले विद्या भण्डारीले पार्टी पार्टी सदस्यका लागी आवेदन नै नदिएको बताएका छन् । ‘उहाँले कसैलाई भन्नुभएको छैन । टेलिभिजनमा अन्तर्वार्ता भन्नुभएछ ।’ ओलीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>