चितवन विशेष
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि तोकियो बुक क्लोज मिति
०

चितवन,भदौ ६-
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले भदौ ९ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । भदौ ८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र बैंकले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउने छन् । नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासनको लागि साउन १५ गते अनुमति दिएको थियो ।
बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले २६ लाख २४ हजार ६७६ कित्ता शेयर बैंकका विद्यमान शेयरधनीले आवेदन दिन पाउने छन् । बैंकको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























