चितवन विशेष
चितवनको फोर्ब्स कलेजले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

भरतपुर,भदौे ६-
चितवनको भरतपुर-२ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन लिएर बिबिए कार्यक्रम यस वर्ष देखि सञ्चालन गर्ने भएको छ । ६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम सञ्चालन भैरहेको र यस वर्षका लागि एक करोड भन्दा बढिको छात्रवृति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो ।
छात्रवृत्तिबाट जेहेन्ददार, गरिब , जनजाति, शहीद परिवार , अल्पसंख्यक, फ़रक क्षमता भएका आदि विद्यार्थीहरू लाभान्वित हुन सक्ने छन् । साथै पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रवृति रहेको पनि जानकारी प्राचार्य पाठकले गराउँदै समयमा नै कलेजमा सम्पर्क गर्न विद्यार्थी तथा अभिभावकलाई आव्हान गर्नुभयो ।
कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षा , अतिरिक्त क्रियाकलाप , इण्डस्ट्रीयल एक्सपोजर , व्यक्तिगत विकास, बिज़नेस स्टार्टअप आदिको माध्यमबाट अध्यापन गराउने र पास भएका सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नै व्यवसाय गर्न ,रोजगारी प्राप्त गर्न विभिन्न संघ , संस्था आदि संग समन्वय गरी सहयोग गर्ने कलेजले जनाएको छ।
























