Breaking News
एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि हुने
०

काठमाडौं,भदौ ५-
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी नोभेम्बर १७ (मंसिर १) देखि हुने भएको छ । बिहीबार नेपाल प्रिमियर लिगको सामाजिक सञ्जाल पेजमार्फत एनपीएलको दोस्रो संस्करणको मिति घोषणा गरिएको हो ।
जसअनुसार, एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर १७ (मंसिर १) देखि डिसेम्बर १३ (मंसिर २७) सम्म हुनेछ । एनपीएलको पहिलो संस्करण ०८१ मंसिर १५ देखि पुष ६ गतेसम्म चलेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतियोगितामा जनकपुर बोल्ट्स उपाधि जितेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























