चितवन विशेष

होटलमा बसेर लागुऔषध कारोबार गर्ने सात जना पक्राउ

Banner

चितवन,भदौ ४-

जिल्ला प्रहरी कार्यालय चितवनले एक होटलबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल बिक्री गर्ने सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्र घिमिरेका अनुसार भरतपुर ९, धौलागिरी थकाली भान्सा घर एण्ड लजबाट एक जना भारतीयसहित ७ जना पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट एक हजार ७ सय ४० पत्तामा १० क्याप्सुलको दरले १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल ५० लेखिएको प्रतिबन्धित औषधि बरामद गरिएको पनि प्रहरीले जनाएको छ । ट्रामाडोलसहित पक्राउ पर्नेमा माडी नगरपालिका १ का २४ वर्षीय अनिष श्रेष्ठ, कालिका नगरपालिका ५ घर भएकी शान्ति गुरुङ रहेका छन् ।

त्यसैगरी पक्राउ पर्नेमा ठोरी गाउँपालिका २ का २१ वर्षका विनायक तामाङ, २५ वर्षका सुर्य लामा, १८ वर्षका प्रदिप लामा, २४ वर्षका प्रदिप न्यौपाने र भारतीय ननगरिक चम्पारण आरएस मछली हट्टा रोड ७, का २४ वर्षीय आर्यन कुमार रहेका छन् । हिजो मंगलबार पक्राउ परेका उनीहरुमाथि लागू औषध सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>