चितवन विशेष
सेक्टेम्बर इन्टेकका लागि कोरियामा सेन्ट्रल कलेजको शतप्रतिशत नतिजा

भरतपुर,भदौ २-
उच्च शिक्षा अध्ययनका लागि कोरियामा जानका लागि प्रोसेस गरेका सेन्ट्रल कलेजका विद्यार्थीले शतप्रतिशत नतिजा प्राप्त गरेका छन । कलेजले २०२५ सेक्टेम्बर इन्टेकका लागि साउथ कोरियाका लागि प्रोसेस गरेका सबै विद्यार्थीले भिसा प्राप्त गरेको जनाएको छ ।
कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार पछिल्लो समय कोरियामा पनि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको छ । उहाँले मार्च इन्टेक २०२६ का लागि पनि धमाधम भर्ना खुलिरहेको जनाकारी दिनुभयो ।
उच्च शिक्षा अध्ययनका लागि जापान,अष्ट्रेलिया जाने विद्यार्थीका लागि अग्रणि शैक्षिक परामर्श संस्था सेन्ट्रल कलेज पछिल्लो समय कोरियामा पनि धमाधम विद्यार्थी पठाइरहेको छ । कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए, युरोप र कोरिया जान चाहाने विद्यार्थीका लागि भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ ।

























