Breaking News
चितवनका विभिन्न होटलमा प्रहरीको छापाः यौनजन्य क्रियाकलापको आशंकामा २० जना पक्राउ
०

भरतपुर,भदौ १-
चितवनका विभिन्न होटलमा प्रहरीले छापा मारेको छ । आइतबार भरतपुर र नारायणगढ क्षेत्रका विभिन्न होटलमा छापा मारेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आशंकामा २० जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र ९ जना पुरुष रहेका छन । विभिन्न होटलबाट सञ्चालक र कामदारका रुपमा कार्यरतलाई नियन्त्रणमा लिइएको खनालले बताउनुभयो । आइतबार ३ बजेदेखि ५ बजेसम्म विभिन्न होटलहरुमा छापा मारिएको थियो । सो क्रममा जिल्ला र वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी खटिएका थिए । नियन्त्रणमा रहेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























