चितवन विशेष

अनेमसंघ भरतपुर ११ को अध्यक्षमा तुलमाया गुरुङ्ग

Banner

भरतपुर,साउन ३०-

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) भरतपुर महानगरपालिका ११ वडा कमिटीको अध्यक्षमा तुलमाया गुरुङ्ग चयन भएकी छन् । शनिबार कान्तिपुर पार्टी प्यालेसमा सम्पन्न अनेमसंघको वडा सम्मेलनले गुरुङ्गको नेतृत्वमा सर्वसम्मतबाट ३३ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा विष्णुमाया अधिकारी, रेखा भट्टराई, अम्बिका लामिछाने, सचिवमा संगिता अधिकारी, सह सचिवहरुमा दुर्गा पाण्डे, रञ्जिता बाँनिया, कोषाध्यक्षमा रिता कुमारी लामा चयन भएकी छन् ।

सम्मेलनका अवसरमा तीज विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा अनेमसंघ र पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>