Breaking News

टप टी-२० सिरिजः अस्ट्रेलियासँग आज पहिलो खेल खेल्दै नेपाल

Banner

काठमाडौं,साउन ३०-

बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल शुक्रबार दिउँसो २ः१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेलमा शनिबार बङ्गलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ।

चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>