Breaking News
प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिने
०

काठमाडौं,साउन २९-
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, बैठकमा सांसदहरुले विशेष तथा शून्य समयमा समसामयिक विषयमा धारणा राख्ने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























