चितवन विशेष

राष्ट्रिय सौन्दर्यकर्मी युनियन भरतपुरको तीज विशेष कार्यक्रम

Banner

चितवन, साउन २५–

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, भरतपुर महानगरपालिका कमिटीले महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

भरतपुरमा आयोजित कार्यक्रममा शुभकामना आदान–प्रदानसंगै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । संस्थामा आवद्ध सदस्यहरुबीच आत्मियता साटासाटसंगै नजिकिदै गरेको तीजको शुभकामना दिन कार्यक्रम गरिएको सचिव उषा श्रेष्ठले बताउनुभयो । जिफन्ट बागमती प्रदेश सदस्य तथा चितवन जिल्ला इन्चार्ज अञ्जु गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

सो क्रममा बोल्दै गुरुङले व्यवसायमा होमिएका महिलाहरुको हकअधिकारका लागि नै संस्था गठन गरिएको भन्दै हकअधिकार स्थापित गर्न संस्था लागि पर्ने बताउनुभयो । उहाँले आफ्नो व्यवसायसंगै राजनीति र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुन युनियनकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जिफन्ट चितवनका अध्यक्ष पुष्करबाबु त्रिपाठी, राष्ट्रिय सौन्दर्यकर्मी युनियन चितवनकी अध्यक्ष सुस्मा क्षेत्री, उपाध्यक्ष सिर्जना आचार्य, सचिव सुमित्रा पोखरेल, खैरहनी नगर कमिटी अध्यक्ष सिमा आचार्य भट्टराई, लुमकला काफ्ले, ज्ञानु श्रेष्ठ, रबिना गुरुङ्ग, रिता घलान, पालिका समन्वय कमिटीका पदाधिकारी तथा सदस्यहरु, डेकर हर्बल प्रा.लि.का मार्केटिङ म्यानेजर रामचन्द्र रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष संगीता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । महानगर कमिटी अध्यक्ष मिरा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव उषा श्रेष्ठले संचालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>