Breaking News

जनै पूर्णिमाको दिन ९ प्रकारका गेडागुडीको क्वाँटी किन खाने ?

Banner

काठमाडौं,साउन २४-

नेपालमा जनैपूर्णिमामा क्वाँटी चलन छ । अरू समयमा पनि क्वाँटी खाने गरिए पनि जनैपूर्णिमामा विशेष महत्त्व दिने गरिन्छ । पछिल्लो समय होटेलहरूमा समेत क्वाँटी पाइन्छ । क्वाँटी खानाले धेरै फाइदा पुग्छ । गेडागुडीमा पर्याप्तमात्रामा फाइबर हुन्छ ।

ज्वानो फुराएर पकाउँदा क्याल्सियम पनि पाइन्छ । युरिक एसिड भएका व्यक्तिले भने कम मात्रामा खान सकिन्छ ।

क्वाँटी किन खाने ?
क्वाँटी गेडागुडी मिश्रित एक नेपाली परम्परागत सुप हो । विशेषगरी जनै पूर्णिमाको दिन ९ प्रकारका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटीले पौष्टिकता प्रदान गर्नुका साथै स्वास्थ्य लाभ, मुटु स्वास्थ्यमा समेत फाइदा पुर्‍याउँछ । क्वाँटीमा प्रयोग हुने गेडागुडीहरू जस्तैः केराउ, मास, चना, मसुर, बोडी, राजमा, भटमास, गहत, सिमी सबैमा प्रोटिन, फाइबर, भिटामिन, आइरन जिंक आदि धेरै पाइन्छ ।

धार्मिक/सांस्कृतिक महत्त्व
क्वाँटीको धार्मिक/सांस्कृतिक महत्त्वसमेत रहेको पाइएको छ । विशेषगरी काठमाण्डौंका नेवार समुदायमा क्वाँटी खाने प्रचलन भए पनि पछिल्लो समय अन्य समुदायले पनि यसको सेवन गर्ने चलन बढेको छ । स्वाद, स्वास्थ्य, संस्कृति र मौसम अनुसारको लाभ पाइने भएकाले शाकाहारीका लागि समेत क्वाँटी उत्तम मानिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>