Breaking News
सुनको मूल्य तोलाको २ लाख नजिक
०

चितवन,साउन २३-
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज एक हजारले बढ्दै १ लाख ९९ हजार ४ सय कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























