मनोरञ्जन

गायक खेम सेञ्चुरीको स्वास्थ्यमा सुधार

Banner

काठमाडौं, साउन २३-

क्यानडा उड्न क्रममा अचानक बिरामी परेका गायक तथा संगीतकार खेम सेञ्चुरीको स्वास्थ्यमा सुधार आएको छ।

हिजो (बिहीबार) बेलुका सांगीतिक कार्यक्रमका लागि क्यानडा उड्ने क्रममा अचानक बिरामी परेका गायक सेञ्चुरीको स्वास्थ्यमा सुधार आएको हो।

बोर्डिङ पास लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जहाज कुरिरहेको बेला उनको स्वास्थ्य असहज बनेको थियो। त्यसलगत्तै विमानस्थानमा प्रारम्भिक स्वास्थ्य जाँचपछि उनलाई एम्बुलेन्समा सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो।

त्यहाँ परीक्षणका क्रममा उनमा पत्थरी (स्टोन) देखिएको छ। अहिले खेमको स्वास्थ्यमा सुधार आइरहेको उनीनिटक शम्भु कुवँरले बताए। उनले भने, स्वास्थ्यमा सुधार छ। अपरेशन गर्नुपर्छ कि भन्ने थियो। अहिले नपर्ने भयो। सम्भवतः आजै डिस्चार्ज हुनुहुन्छ होला।

खेम सेन्चुरीको एक महिना लामो विदेश सांगीतिक यात्रा क्यानडाबाट सुरू हुने तयारी थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>