गोरखा
राती ‘ट्वाइलेट जान्छु भनेर हिँडेकी किशोरीको शव मर्स्याङ्दीमा फेला
०

गोरखा, साउन २१-
मर्स्याङ्दी नदी किनारमा फेला परेको छ। तनहुँको भानु नगरपालिका- ९ काउरेटार घर भएकी १७ वर्षीया रमा कुमालको शव गोरखास्थित मर्स्याङ्दी नदी किनारमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र सुवेदीका अनुसार हिजो (मंगलबार) रमाको शव नदी किनारमा फेला परेको थियो ।
रमा सोमबार राति ९ बजे ट्वाइलेट जान्छु भनी हिँडेकी थिइन् । छोरी बेपत्ता भएपछि किशोरीका बुबा कैले कुमालले पुर्कोट प्रहरी चौकीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरी र आफन्तले खोजी गर्ने क्रममा उनको शव गोरखाको पालुङटार नगरपालिका-५ हवाई ग्राउण्ड घुमौरास्थित मर्स्याङ्दी नदी किनारामा फेला परेको प्रहरीले जनाएको छ।
उनको मृत्युको कारण खुलेको छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























