Breaking News

कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

Banner

काठमाडौं,साउन २१-

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेकाले वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रहनेछ । बाँकी भूभागमा साधारणतया बदली रहनेछ ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>