Breaking News
मुख्यमन्त्री बानियाँले लिए शपथः यस्तो बन्यो बागमती सरकार

हेटौँडा, साउन २०-
बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथ भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद बाँस्कोटाले उनीहरुलाई शपथ खुवाएका हुन् ।
सरकार साझेदार नेकपा एमालेले सबै मन्त्री टुंग्याउँदा नेपाली कांग्रेसले एउटामात्र मन्त्रीको मन्त्रालय टुंग्याएर एउटा विनाविभागीय मन्त्रीलाई शपथ खुवाएको छ भने ५ मन्त्रीको नियुक्ति नै बाँकी राखिएको छ ।
कांग्रेसबाट कृष्णकुमार तामाङः खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्ति गरिएको छ । एमालेको तर्फबाट कृषि तथा पशुपंछी विकास मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा.दिनेश चन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी र स्वास्थ्य मन्त्रीमा किरण थापा नियुक्त हुनुहुन्छ । स्वास्थ्य मन्त्री थापा बाहेक अन्य मन्त्री नयाँ हुन् ।
























