चितवन विशेष

म्यानेजमेन्टमा ग्लोरियस एकेडेमीको उत्कृष्ट नतिजाः रोशनीले ल्याइन ३.९ जिपिए

Banner

चितवन,साउन २०-

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चितवनको भरतपुरस्थित ग्लोरियस एकेडेमीले व्यवस्थापन संकाय (म्यानेजमेन्ट) तर्फ उत्कृष्ट नतिजा हांसिल गरेको छ । कलेजले व्यवस्थापन संकायको दोस्रो व्याजमानै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । सोमबार साँझ प्रकाशित नतिजा अनुसार कलेजका विद्यार्थी रोशनी श्रेष्ठले ३.९ जिपिए प्राप्त गरेकी छन । उनले प्राप्त गरेको जिपिएका आधारमा चितवन प्रथम भएको कलेजको दाबी छ । ग्लोरियसबाट ७४ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए ।

कलेजले पहिलो वर्षमा चितवन जिल्ला दोस्रो हुन सफल भएको थियो । ग्लोरियस एकेडेमीका प्राचार्य शारदा ढकालका अनुसार नतिजाले उत्साहित बनाएको बताउनुभयो । उहाँले ग्लोरियोस चितवनको एउटा विद्यालय मात्र नभइ सफलतासंग जोडिएको विश्वासको प्रतिक भएको बताउनुभयो । उहाँले परीक्षामा सहभागि सबै विद्यार्थीलाई बधाई ज्ञापन गर्दै शिक्षक र अभिभावकलाई धन्यबाद दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>