Breaking News

सुनको मूल्य तोलामा १९०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Banner

काठमाडौं,साउन २०-

नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>