Breaking News

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनिल शर्मा

Banner

काठमाडौं,साउन १९-

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै व्यवसायी एवम् राजावादी अभियान्ता दुर्गा प्रसाईंलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन्। अदालतले दिएको आदेशअनुसार धरौटी रकम बुझाएर प्रक्रिया पूरा गरेपछि प्रसाईं रिहा हुने तयारीमा छन्। उनलाई स्वागत गर्न शर्मा स्वयं कारागार परिसर पुगेका हुन्।

उच्च अदालत पाटनका दुई इजलासले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए। न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटी तोकेको थियो भने राजावादी आन्दोलनसम्बन्धी मुद्दामा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले थप ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। कूल २८ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं सोमबार साँझ रिहा भएका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>