चितवन विशेष

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

Banner

भरतपुर,साउन १९-

नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । जलवीरे नजिकै खसेको पहिरो पन्छाइएसँगै सडकमा दुईतर्फी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार दिउँसो २ बजेतिर पहिरो खस्दा आवागमन एकतर्फी सञ्चालन गरिएको थियो ।

मेसिन परिचालन गरी पहिरो हटाई हाल आवागमन दुवैतर्फ सञ्चालन भैसकेको र यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएको हुनाले जानकारी लिएर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ । तस्बिरः सुपरभाइजर ईश्वर क्षेत्री

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>