Breaking News

दाउन्नेमा पहिरो, पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्‍चालन

Banner

चितवन, साउन १९-

पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पहिरो जाँदा राजमार्ग केहीबेर अवरुद्ध भए पनि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा पहिरो खसेपछि केहीबेर राजमार्ग अवरुद्ध भएपनि अहिले एकतर्फी रुपमा सञ्‍चालनमा आएको आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

यसअघि दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै दिउँसो पौने १ बजेतिर पहिरो झरेपछि राजमार्ग दुईतर्फी अबरुद्ध भएको थियो । लगत्तै बुटवल नारायणगढ सडक विस्तार आयोजनाले पहिरो पन्छाउको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>