Breaking News
कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड
०

काठमाडौँ, साउन १९–
कक्षा १२ को नतिजा आजै प्रकाशन गर्ने गरी तयारी अघि बढेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले आज/भोलिमै नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको बताए ।
उनका अनुसार साँझ ५ बजे बोर्डको बैठक डाकिएको छ । सम्भवतः उक्त बैठकले नै नतिजा प्रकाशनको निर्णय गर्न सक्नेछ । आज नभए भोलि (मंगलबार) सम्म नतिजा सार्वजनिक गर्ने अर्यालले बताए ।
गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























