Breaking News
बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते
०

चितवन, साउन १६-
नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको छ । यस्तै घाइतेमध्ये १२ जनाको उद्धार गरी रुपन्देही पठाइएको र बाँकीको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























