Breaking News
मेरो त भ्रष्टाचारको केस नै होइन, प्रतिशोध साँधियो: माधव नेपाल
०

विराटनगर, साउन १६-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए ।
‘‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’’ उनले भने ।
यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी उनको छ । उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























