Breaking News

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

Banner

वाशिङ्टन,साउन १६-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन्। यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको घोषणा गरेका हुन्। ह्वाइट हाउसले दर्जनौँ देशमा नयाँ करको घोषणा गरेको छ। यस अघि ट्रम्पले अप्रिल महिनामा नै धेरै देशको सामानमा थप करको घोषणा गर्दै हलचल मच्चाएका थिए। चर्को करको घोषणापछि विभिन्न देशले अमेरिकासँग वार्ता गर्दै राष्ट्रपति ट्रम्प यो घोषणाबाट टाढा भएका थिए। यसरी अमेरिकासँग व्यापारिक सम्झौता गर्नेमा युरोपेली युनियन र बेलायतसम्म रहे।

संसारका धेरै देशका नेताहरूले अमेरिकासँगको वार्ताको विषयमा जानकारी दिन थालेका छन्। स्विजरल्यान्डकी राष्ट्रपति कारिन केजन सटरले करको विषयमा अमेरिकासँग कुनै सहमति र वार्ता नभएको जानकारी दिएकी छिन्। उनले सामाजिक सञ्जालमा अन्तिम समयमा ट्रम्पसँग फोन वार्ता भए पनि कुनै सम्झौता नभएको जानकारी दिएकी छिन्। अप्रिल १ को स्वतन्त्रताको दिन ट्रम्पले स्विजरल्यान्डको सामानमा ३१ प्रतिशत करको घोषणा गरेका थिए। यस विषयमा अमेरिकासँग सहमति हुने कुरामा स्विजरल्यान्ड आशावादी रहेको छ।

रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>