Breaking News

बालुवाटारमा कांग्रेस-एमाले छलफलः बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिए एमालेले सरकार छाड्ने

Banner

काठमाडौं,साउन १५-

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय बालुवाटारसम्म पुगेको छ । यही विषयमा छलफल गर्न बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री कांग्रेस र एमालेका शीर्ष नेताले घनिभूत छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन लगाउनेसम्मका चर्चा भएको छ ।

बैठकमा एमाले अध्यक्षसमेत रहेका ओली, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेस सभापति देउवाले मुख्यमन्त्री लामालाई आजै काठमाडौं बोलाएका छन् । लामा पनि देउवालाई भेट्न आउँदै गरेको ती नेताले बताए । देउवाले लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नेसमेत बैठकमा छलफल भएको छ । मुख्यमन्त्री लामाले पनि आफू काठमाडौं आउँदै गरेको बताए । उनले भने, म काठमाडौं आउँदै छु । टिमसँग छलफल गरेर मात्र राजीनामा दिने/नदिनेबारे निर्णय लिनेछु ।

एमालेले पनि पहिला कांग्रेसले नै आन्तरिक किचलो मिलाओस् भन्ने धारणा बैठकमा राखेको थियो । यदि देउवाको आग्रह पनि नमाने लामालाई दिएको समर्थन फिर्ता लिँदै एमालेले सरकार छाड्नेसम्मको विकल्पमा दुई दलबीचको कुराकानी भएको छ । पार्टी प्रदेश संसदीय दलको नेताको हैसियत गुमाए पनि बागमती प्रदेशका मुख्यमन्त्रीबाट लामाले राजीनामा दिएका छैनन् । कांग्रेसको प्रदेश संसदीय दलको बुधबार सम्पन्न निर्वाचनबाट लामाको स्थानमा सांसद इन्द्रबहादुर बानियाँ दलको नेता चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>