चितवन विशेष
नारायणगढमा लायन्सको निःशुल्क मधुमेह परीक्षण शिविर

चितवन, साउन १४–
लायन्स क्लब अफ नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी र लियो क्लब अफ नारायणगढको संयुक्त आयोजनामा आज (बुधबार) नारायणढमा निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ ।
क्यापिटल रिफ्रेन्स ल्याब प्रा.लि.को प्राविधिक सहयोगमा नारायणी नदि किनार चोकस्थित लायन्स क्लब अफ नारायणगढ नारायणीको भवनमा निःशुल्क मधुमेह परीक्षण शिविर गरिएको हो । कार्यक्रममा ८० जनाको मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक लायन विधान श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि लायन डिष्ट्रिक ३२५ आर नेपालका डिष्ट्रिक गभर्नर पीएमजेएफ लायन नवराज सापकोटा रहनु भएको थियो । त्यसक्रममा बोल्दै नेपालको लायन्स क्षेत्रमा नारायणगढ लायन्सको ठूलो योगदान रहेको भन्दै मधुमेह परीक्षण शिविरले स्थानीयमा थप टेवा पुगेको बताउनुभयो ।

कार्यक्रममा प्रथम डिष्ट्रिक्ट भाईस गभर्नर एमजेएफ लायन प्रभाकर पण्डित, पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभात कुमार जोशी, सिद्धार्थलाल चुके, डिष्ट्रिक्टका पदाधिकारीहरु, क्लस्टर चिफ, रिजन चियरपर्सन, जोन चियरपर्सन तीन वटै क्लबका पूर्व अध्यक्ष, पदाधिकारी, टोलबासीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ नारायणढ नारायणीकी अध्यक्ष एमजेएफ लायन जोशिला पियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम संयोजकमा विधाननसंगै लायन रञ्जना कायस्थ श्रेष्ठ र लियो सम्राट श्रेष्ठ हुनुहुन्थ्यो । क्लवका सह–सचिव लायन पूर्णीमा जोशी श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रम लायन्स क्लव अफ नारायणगढका अध्यक्ष लायन सनद कुमार पिया, लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष लायन जोशिला पिया र लियो क्लव अफ नारायणगढकी अध्यक्ष लियो समृद्धि पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


























