चितवन विशेष
भरतपुरमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर मृत्यु
०

भरतपुर,साउन १३ –
चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज (मंगलबार) अपरान्ह ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका १८ गुन्जनगरस्थित जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लगेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षिय शेर बहादुर थापालाई करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते थापाको उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक थापाको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























