Breaking News
मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत,अविश्वासको पक्षमा २२ मत
०

काठमाडौं,साउन १३-
नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाइएको छ । पार्टीका प्रदेशसभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा दर्ता अविश्वास प्रस्तावका पक्षमा २२ र विपक्षमा १५ मत परेको सांसद मीना पराजुलीले जानकारी दिइन् ।
मंगलबार ९साउन १३० मकवानपुरको हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा लामालाई उक्त पदबाट हटाउने प्रस्ताव पारित गरिएको हो । योसँगै अब संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरिने वाग्मती प्रदेशसभा सदस्य गोविन्द लम्सालले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























