Breaking News

सिन्धुली घटनाः सम्पर्कविहीन हायू परिवारका सबैजना पोखरामा भेटिए

Banner

पोखरा,साउन १२-

सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १६ जना नै पोखरामा भेटिएका छन् । सोमबार साँझ पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सबैजना भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । अहिले सिन्धुली प्रहरीले पठाएको नाम रुजु गर्ने काम भैरहेको उनले जानकारी दिए ।

उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा र बाँकी चारजना पोखरा–३०, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेका थिए । १८ जनाको परिवारका दुईजना भने काठमाडौं रहेको खुलेको थियो । परिवारको माइली छोरी सुजता हायू सोमबार सम्पर्कमा आएकी थिइन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवारका १६ जना कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएका थिए । केही दिनअघिमात्रै भत्ता बुझेकी उर्मिला हायुको परिवार घर छाडेर अन्यत्र गएको आशंका गरिएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>