Breaking News

कुलमान घिसिङले पाए ‘ग्लोबल हिरो अवार्ड’

Banner

न्यूयोर्क, साउन १२-

हामी नेपाली ग्लोबल संस्थाले आइतबार बेलुका एक भव्य समारोहबीच नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरेको छ। घिसिङको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले बताए।

अवार्ड समारोहलाई सम्बोधन गर्दै कुलमान घिसिङले भने, ‘१८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे। जहाँ बत्ती नै थिएन त्यहाँ पनि पुरायौँ। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौँ। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ ।’

एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको उनले जनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>