Breaking News

एक दिन विद्युत् आपूर्ति नहुन सक्छ भनेका हौँ, यसलाई लोडसेडिङको तालिका भन्न मिल्दैनः प्राधिकरण

Banner

चितवन,साउन ११-

नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन (साउन १६) का लागि निकालेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसैलाई लिएर आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी.लाइनमा बढेको अत्यधिक सोडको कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको प्राधिकरणले उल्लेख गरेको छ।

चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्नका लागि बसेनी १३२ के.भी. सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र सो लाइन निर्माणपछि यो समस्या दीर्घकालीन रुपमा समाधान हुने प्राधिकरणले जनाएको हो।

वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रन्सफर्मरहरु अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई लोडसेडिङ तालिका भन्न नमिल्ने प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसलाई उसले अनुचित र भ्रामक रहेको टिप्पणी समेत गरेको छ।

‘प्रकाशित समाचारहरुको भित्री व्यहोराहरुमा नै प्राधिकरणकै जिम्मेवारी पदाधिकारीद्वारा यस अवस्थालाई लोडसेडिङ भन्न नमिल्ने बुधवारसम्ममा समस्या समाधान भइसक्ने कुरा उल्लेख भएता पनि यसको विपरित मुख्य शिर्षकमा लोडसेडिङ उल्लेख हुनु आफैँमा दुःखद र कुनै पनि दृष्टिले न्यायोचित नभएको सञ्चार जगतसमक्ष निवेदन गर्दछौँ’, प्राधिकरणले भनेको छ, ‘लोडसेडिङ नेपालको लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको हुँदा गलत आश्यका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरुमा पर्न गएको अन्योलप्रति प्राधिकरण सचेत छ।’

चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केवल प्राविधिक समस्या मात्र भएको र समस्या समाधानका लागि प्राधिकरण अहोरात्र खटिएकोले दुईरतीन दिनभित्र निरन्तर विद्युत आपूर्ति हुने प्राधिकरणको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>