Breaking News

प्रश्न गर्नेलाई पार्टी विभाजनको आरोप लगाउनेविरुद्ध सशक्त प्रतिवाद गरौं- सुदन किराँती

Banner

काठमाडौं,साउन ११-

नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्न आग्रह गरेका छन् । उनले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयको स्प्रिड कार्यान्वयन गर्न दृढतापूर्वक लाग्नुपर्ने पनि बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका किराँतीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् टिप्पणी सार्वजनिक गर्दै पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाउनुपर्ने उल्लेख गरेका छन् । ‘शहीदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौं’, किराँतीले लेखेका छन्, ‘प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौं ।’

नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाइराख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गर्नुपर्ने उनको भनाइ छ । किराँतीमा माओवादीमा उपमहासचिव जनार्दन शर्मा समूहनिकट हुन् । पछिल्लो समय उपमहासचिव शर्मा र अध्यक्ष प्रचण्डबीच सार्वजनिक रूपमै एक अर्काप्रति कटाक्ष चलिरहेको छ । प्रचण्डले बेलाबेला जनार्दनलाई पार्टी विभाजन गर्न लागेको आरोप लगाउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>