क्रिकेट
एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता
०

काठमाडौँ, साउन १०–
बहुप्रतिक्षित दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मिनि अक्सन गष्ट ९ अर्थात् आउँदो साउन २४ गते शनिबार हुने भएको छ । त्यसका लागि ८ वटै टिमले खेलाडी रिलिज र रिटेन गरि सकेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न भइसकेको जनाएको छ । अक्सनका लागि कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गराएको क्यानले जनाएको छ ।
क्यानका अनुसार दर्ता भएका खेलाडीहरुको विवरण आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइनेछ। प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीको प्राथमिकताअनुसार अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची सार्वजनिक गरिने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























