चितवन विशेष

चितवनमा बसलाई ओभरटेक गर्ने क्रममा बोलेरोले मोटरसाइकललाई ठक्कर दियो, चालकको मृत्यु

Banner

रत्ननगर,साउन ९-

चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्वरको तरकारी बोक्ने बोलेरोले गयराती टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ३५०९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो । जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र.०३–००१ ख ३३६५ नम्वरको रात्री बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

गाडीको ठक्करबाट मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका २ बस्ने ३५ वर्षिय मुकुन्द कँडेल गम्भिर घाइते हुनुभएको थियो । उहाँको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१९ बजे मृत्यु भएको खनालले जानकारी दिनुभयो । बोलेरो चालक कास्की लेखनाथ नगरपालिका २७ वस्ने ३० वर्षिय हुमेस लामगाले र सोही बोलेरो धनी कास्की माछापुच्छ्रे गाउँपालिका ३ बस्ने ३४ वर्षिय ध्रुबराज पोखरेल सामान्य घाइते हुनुभएको छ । प्रहरीले चालकसहित बोलेरो र धनीलाई नियन्त्रणमा लिएको जनाएको छ । बसमा सामन्य क्षति भएको छ भने यात्रुहरुलाई गन्तव्यतर्फ पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>