Breaking News
थाइल्यान्ड र कम्बोडियाको सिमानामा तनाव, दुवै देशका सैनिकहरूबीच दोहोरो गोलाबारी
०

काठमाडौं, साउन ८-
थाइल्याण्ड-कम्बोडिया सिमानामा फेरि तनाव बढेको छ । सिमानामा बिहानदेखि नै सैनिकहरूबीच गोलीबारी भइरहेको बीबीसीले जनाएको छ । दुवै पक्षले एकअर्कालाई पहिलो गोली हानेको आरोप लगाएको समाचारमा उल्लेख छ । थाई सेनाले कम्तिमा दुई सैनिक र तीन नागरिक घाइते भएको बताएको छ। सीमा द्वन्द्वको बीचमा थाई दूतावासले थाई नागरिकहरूलाई कम्बोडिया छोड्न अपील गरेको छ।
थाइल्यान्डको शिक्षा मन्त्रालयले थाइल्यान्डको सुरिन प्रान्तमा विवादित सीमा नजिकैका सबै विद्यालयहरू बन्द गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























