चितवन विशेष

ओली नेतृत्वको विकल्प छैनः नेता जेएन थपलिया

Banner

चितवन, साउन ७-

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले राष्ट्रियताको रक्षार्थ केपी शर्मा ओलीको नेतृत्वको विकल्प नरहेको बताउनुभएको छ। काठमाडौंमा सम्पन्न एमालेको दुईदिने केन्द्रीय समिति बैठकमा नेता थपलियाले पार्टीभित्र ऐक्यबद्धता र अनुशासनको आवश्यकता भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “राष्ट्रियताको रक्षाका लागि केपी ओली एकमात्र नेता हुनुहुन्छ, विकल्प खोज्नु भनेको हामी कमजोर हुनु हो।” ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि धेरै महत्त्वपूर्ण कामहरु भएको पनि उहाँले बताउनुभयो ।

नेता थपलियाले पार्टीको जिल्लास्तरको संगठनलाई समन्वयमा ल्याएर पालिका र प्रदेश सरकारलाई प्रभावकारी कार्यान्वयन निकाय बनाउनु जरुरी रहेको बताउनुभयो। उहाँले पार्टीभित्रको एकता र नेतृत्वप्रति आस्था मजबुत बनाउने दिशामा सबै तहका नेताहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। नेता थपलियाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूमाथि भइरहेका अनावश्यक प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। “सामाजिक सञ्जाल अहिलेको आकर्षण हो, तर यसलाई सकारात्मक प्रभाव पार्नेगरी सदुपयोग गर्नुपर्छ” उहाँले भन्नुभयो ।

पार्टीका जिम्मेवारीमा बसेर पनि पार्टीविरुद्ध क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेता थपलियाले स्पष्ट अडान राख्नुभयो। “पार्टीले गरेका राम्रा कामहरूलाई छायाँमा पार्न कतिपय व्यक्तिहरू आफ्नै पार्टीभित्रबाट षड्यन्त्र गरिरहेका छन्” उहाँले भन्नुभयो “यस्तो कार्यलाई सहन सकिन्न, छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ।”

थपलियाले पार्टीको सुदृढीकरण र अनुशासन कायम राख्न नेतृत्वले कडाइका साथ निर्णय लिनुपर्ने र पार्टीभित्रको विश्वसनीयता र सार्वजनिक छवि सुदृढ गर्न सबैले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>