चितवन विशेष

चितवन राइनोजको नयाँ लोगो सार्वजनिक

Banner

चितवन,साउन ७-

चितवन राइनोजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का लागि राइनोजले आज नयाँ लोगो सार्वजनिक गरेको हो । गत सिजनको लोगोमा चितवन भन्ने शव्दलाई अघि राखिएको थियो भने यसपटकको लोगोमा राइनोज आर्थत गैडालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । यसले चितवन राइनोज टिमको मर्म र फ्यानहरुको भावना दुबैलाई जोड्ने अपेक्षा गरिएको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिनुभयो । ‘यो परिवर्तन केवल डिजाइन होइन,समर्पण र गर्वको झल्को पनि हो,उहाँले भन्नुभयो,अवको लोगोमा देखिएको गैडा चितवन नेपाली क्रिकेट र एनपिएललाई माया गर्ने लाखौ समर्थकहरुको प्रतिनिधित्व गरेर अगाडि आएको छ ।’

गत सिजनमा चितवन राइनोजको मस्कट ‘मिस्टर गैडा’ ले अभूतपूर्ण लोकप्रियता कमाएको उहाँले बताउनुभयो । यहि माया र समर्थनलाई कदर गर्दै नयाँ लोगो मार्फत फ्यानहरुको भावनालाई नजिक ल्याउन खोजिएको न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>