Breaking News

म अघि बढिसकेँ, खुट्टा कमाउँदिनँः विद्या भण्डारी

Banner

काठमाडौं,साउन ६-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा अघि बढि सकेको र पछाडि नहट्ने बताएकी छिन्। मंगलबार आफ्नै निवास भंगालमा केही पत्रकारहरूसँग भेटघाट गर्दै उनले आफू माझकिरातकी छोरी भएको भन्दै खुट्टा नकमाउने उल्लेख गरिन्। भण्डारीले स्पष्ट शब्दमा भनिन्, ‘म अघि बढिसकेँ, खुट्टा कमाउँदिनँ।’ उनले आफूलाई समर्थन गर्नेहरूमाथि आतंक सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाइन्। ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ,’ भण्डारीको भनाइ छ।

उनले राष्ट्रपतिको पदमा रहँदा नै सक्रिय राजनीतिमा फर्कने इच्छा राखेको खुलासा गरिन्। भण्डारीले भनिन्, ‘राष्ट्रपति हुँदा ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ, उहाँलाई त्यो कुरा थाहा थियो। उहाँले त्यसबेला भइहाल्छ भन्ने खालका कुरा गर्नुहुन्थ्यो।’ उनका अनुसार एमाले नेताहरूले समेत उनलाई सक्रिय राजनीतिमा फर्कन आग्रह गरेका थिए। ‘राष्ट्रपतिबाट हटेपछि भाइहरू घरमा आएर अघि बढ्नुपर्छ भनेर आग्रह गरिरहे,’ भण्डारीले भनिन्।

उनले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आफूले सार्वजनिक रूपमा सक्रिय राजनीतिमा फर्कने घोषणा गरिसकेको उल्लेख गरिन्। उनले थपिन्, ‘हीरक जयन्तीका लागि समिति गठन गर्ने बेला अध्यक्षजीसँग कुरा राखेकी थिएँ। पार्टीकै वरिष्ठ नेता (ईश्वर पोखरेल) त्यसको संयोजक बन्नुहोला भन्ने थियो। अध्यक्षजीले पदाधिकारीको पार्टीमै काम हुन्छ, अन्य काममा लगाउन हुन्न भन्ने जबाफ दिनुभयो अनि मैले डोरमणि पौडेलको नेतृत्वमा समिति बनाएँ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>