चितवन विशेष

मेघौलीको बस्ती छिरेको बाघ नियन्त्रणमा लिइयो

Banner

चितवन, साउन ६–

चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती छिरेको बाघलाई नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका–२७ स्थित बुद्धनगरबाट नेपाल आर्मी, प्रहरीको सहयोगमा निकुञ्जको प्राविधिक टोलीले आज (मंगलबार) बाघलाई नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा ल्याइएको बाघको आनिबानिका विषय अध्ययन गरेर खोरमा राख्ने वा नराख्ने निर्णय गरिने छ । अहिलेसम्म यस बाघले मानिस तथा पशुमा क्षती पु¥याएको छैन ।

यद्यपि साउन ४ गते बुद्धनगरको झाडीमा बाघ देखिएपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । खबरपछि प्रहरीले निकुञ्जको टोलीलाई खबर गरेर नियन्त्रणमा लिइएको चितवन प्रहरीका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>