खैरहनी

चितवनको खैरहनीमा बलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

Banner

चितवन, साउन ५-
चितवनमा बोलेरो गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोमबार साँझ ८ः१५ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका १ शाही चोकस्थित भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ च ६६१० नम्वरको बोलेरोले सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट पहिचान नखुलेका अन्दाजी ३०÷३२ वर्षका पुरुष गम्भिर घाइते भएका थिए । उनको उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>