चितवन विशेष
पपुलर जागरण प्रालिको आयोजनामा भोलि सिजी ल्याण्डर्माकमा बृहत रक्तदान कार्यक्रम हुने
०

भरतपुर,असार ५-
भरतपुरको सिजी ल्याण्डर्माकमा भोलि (मंगलबार) बृहत रक्तदान कार्यक्रम हुने भएको छ । पपुलर जागरण प्रालिको आयोजनामा रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो । युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व सुलभ सिग्देलको जन्मोत्सव तथा प्रालिको पहिलो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुलभ सिग्देलले जानकारी दिनुभयो । सिजी ल्याण्डमार्कमा बिहान ९ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुनेछ ।
अध्यक्ष सिग्देलले रक्तदान कार्यक्रममा सहभागि हुन सबैमा आब्हान गर्नुभयो । पपुलरले गतवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो । विद्यालयका बालबालिकाको निःशुल्क कपाल काटिदिनेदेखि बृक्षारोपणसम्मका कार्यक्रम निरन्तर गरिरहेको सिग्देलले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























