चितवन विशेष

एक्सपर्ट चितवनमा भोलि ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्सपो’ हुँदै

०
Banner

चितवन, साउन ५–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले भोलि (मंगलबार) शैक्षिक मेला ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्सपो’ आयोजना गर्दै छ ।

भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका ५० बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिन सक्नेछन् । मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुनेछ ।

‘५० बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिबाट प्रत्यक्ष जानकारी लिन पाइने भएकाले उपस्थित भएर मौकाको फाइदा उठाउन आग्रह गर्दछु’–अधिकारी भन्नुभयो ।

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>