मनोरञ्जन

सुटिङका क्रममा घाइते भए शाहरुख, अमेरिकामा गरियो अपरेसन

Banner

काठमाडौं,साउन ३-

बलिउड अभिनेता शाहरुख खान आफ्नो फिल्म किङको छायांकनका क्रममा घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको गोल्डेन टोब्याको स्टुडिओमा एक्सन दृश्य छायांकन गर्दा उनी घाइते भएका हुन्। बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘शाहरुख कहिले र कहाँ घाइते भए भन्नेबारे अझै थाहा छैन, तर उनी आफ्नो टोलीसँग उपचारको लागि अमेरिका गएका छन्।’

मांसपेशीमा चोट लागेका कारण शल्यक्रिया भएको र डाक्टरहरूले उनलाई एक महिना आराम गर्न भनेका छन्। फिल्म किङ २०२६ मा रिलिज हुनेछ। सिद्धार्थ आनन्दद्वारा निर्देशित यस फिल्ममा शाहरुख खानसँगै उनकी छोरी सुहाना खान, दीपिका पादुकोण, अभिषेक बच्चन, रानी मुखर्जी, अनिल कपुरजस्ता स्टार देखिनेछन्।

स्रोतका अनुसार, किङ फिल्मको छायांकन अब सेप्टेम्बर वा अक्टोबरमा शाहरुख पूर्ण रूपमा निको भएपछि पुनः थालिनेछ। फिल्म सिटी, गोल्डेन टोब्याको र वाईआरएफ स्टुडिओमा जुलाई र अगस्टबीच फिल्मका लागि तय गरिएको छायांकन तालिका रद्द गरिएको छ। किङ भारत र युरोपमा छायांकन गरिने भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>